रेडियो शालिग्राम एक परिचय ।

मुलुकलाई समृद्ध बनाउनका लागि शिक्षा, संचार, कृषि, स्वास्थ्य, पर्यटन र सामाजिक विकास सम्बन्धी सुचनाको पहुँच आम नेपाली नागरिकहरुमा पुग्नु अत्यन्त जरुरी हुन्छ । मानिसका हरेक अन्तक्र्रिया र अन्तर सम्बन्धहरुलाई समयानुकुल परिवर्तनमुखी बनाउनका लागि एवं समग्र सामाजिक वातावरणलाई समुन्नतिमा पुर्याउन शिक्षा, संचार र सुचनाको उचित प्रयोगले मात्र सघाउन सक्दछ । शिक्षा, संचार र सुचनाको क्षेत्रमा जति राम्रो सुधार हुन सक्यो उति नै मानव हित सम्बन्धी नयाँ र नौला कुराहरु सृजना गर्ने सम्भावनाहरु बढ्दछन । समाजमा व्याप्त गरिबी, भोक, अज्ञानता, बेरोजगारी, अन्धविश्वास, कुरीती, रुढीवादी आदि जस्ता समस्याहरुको समाधानमा समेत शिक्षा, संचार, सुचना र कृषिको क्षेत्रमा संग्लन व्यक्ति वा संस्थाहरुबीच सहयोग सद्भावना र सौहार्दताको सम्वंद्र्धन गर्र्दै देशमा भइरहेका विभिन्न समाज विकासका कार्यहरुलाई समन्वयात्मक तरिकाले आवश्यक सहयोग पुर्याउनु अहिलेको प्रमुख आवश्यकता बनेको छ ।


रेडियो शालिग्राम प्रति अध्यक्षको भनाइ !

२१औँ शताब्दीमा भइरहेको तीव्र प्रविधिको विकासलाई आत्मसात गर्दै ग्रामीण समुदायलाई उपयोगी कार्यक्रमहरु अझ प्रभावकारी ढंगले अघि बढाउने तयारीमा रहेको यस रेडियोले सम्बन्धित सबै पक्षहरुको माया, ममता, सद्भाव र सहयोगको अपेक्षा गरिरहेको छ । जनचासो र जनसरोकारका विषयहरुलाई प्राथमिकता दिँदै समाजमा लुकेर रहेका प्रतिभाहरुको खोजि गनेर्, स्थानिय विकास निर्माणका कार्यका साथै सकारात्मक एवं रचनात्मक कार्यहरुको प्रशंशा गर्ने र समाजमा देखा परिरहेका विकृति र विसंगतिहरु कम गर्दै निराकरणका लागि आवाज उठाउने दिशामा यो रेडियो सदैव सक्रिय रहेको छ र रहीरहने छ । यसले ग्रामीण विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, मनोरन्जन आदि क्षेत्रका विषयवस्तुमा आधारित सुचना तथा जानकारीमुलक सामाग्रीहरु प्रसारण गर्दै आइरहेको छ । छोटो समयमा नै लाखौँ स्रोताहरुमाझ लोकप्रिय बन्दै गइरहेको यस रेडियोले नयाँ व्यवस्थापनका साथ विभिन्न थप जानकारीमुलक, चेतनामुलक, शिक्षामुलक कार्यक्रमहरु प्रशारण गर्ने तयारी गरिरहेको छ ।

मेरो जिबन मा रेडियो !

छापा पत्रकारिता शुरु गरेको झण्डै १५ बर्षपछि मात्र म विद्युतीय संचारमाध्यममा प्रवेश गरे । २०६९ साल मंसीर ९ गते पहिलोपटक रेडियो शालिग्राममा प्रवेश गर्दा मेरो एक मनमा हर्षको अंकुर फुटेको थियो भने अर्को मनमा थुप्रै चूनौति र आशंकाहरुको जन्म भएको थियो । यी दुवैखालका अन्तरद्वन्द्वहरुका वीचमा मैले रेडियोको स्टेशन म्यानेजरको पद सम्हालेको थिए । अत्यन्त कठिन चूनौतिका वीचमा हुर्किएको पर्वतको पत्रकारिता र त्यसमा पनि आर्थिकबोझमा बाचिरहेको रेडियो शालिग्रामको अन्तर जीवनमा मेरो दिनचर्या त्यति सहज थिएन । फेरि पनि संचालक समितिको अपूर्व विस्वासको आडमा रेडियोप्रतिको मेरो समर्पण निरन्तर जारी रह्यो । १५ बर्षको पत्रकारिताको अनुभवलाई सम्पूर्ण हिसावले मैले रेडियोमा लगाउदा क्रमश त्यसको परिणाम अत्यन्त सुखद हुदै गएको मैले अनुभूति गर्दै थिए । म रेडियोमा प्रवेश गर्दासम्म एकातिर रेडियोमा काम गर्ने कर्मचारीहरुले पारिश्रमिक नपाएको अवस्था र अर्कोतिर रेडियोले विभिन्न शीर्षकमा तिर्नुपर्ने लाखौं दायित्व समेत हाम्रा वीचमा थियो ।